घोराही सिमेन्टको लाभांश आजसम्म सुरक्षित गर्न सकिने

-



     सफल आवाज    
     मंसिर २५ गते २०८२ मा प्रकाशित



काठमाडौं, २५ मंसिर । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आजस अन्तिम दिन बाँकी रहेको छ। कम्पनीकाे साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि शुक्रबार मंसिर २६ गते बुकक्लोज गरिने भएकाे छ।

शेयरधनीहरुले साधारण सभामा सहभागि हुन र लाभांश पाउन याेग्यय बन्नका लागि आजसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

कम्पनीकाे पाँचौ वार्षिक साधारण सभा पुस १४ गते, दाङकाे घाेराही उपमहानगरपालिका वडा नं. १५ भरतपुरमा रहेकाे होटल पौवामा डाकिएकाे छ । सभा बिहान ९ बजे बाेलाइएकाे छ।

सभाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ। साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने, ऋण रकम अनुमोदन गरिने छ ।

समाले संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालकहरुको चयन गर्ने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गर्नेछ।