
काठमाडौं, २८ मङ्सिर । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेकाे छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे ।
लघुवित्तले हाल कायम रहेकाे चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
संस्थाकाे मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। साे लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर संस्थाकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने भएकाे छ।
जीवन विकास लघुवित्त
जीवन विकास लघुवित्त वित्तीय संस्थाले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तका अनुसार हाल कायम रहेकाे चुक्ता पूँजीको १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको जनाइएकाे छ ।यसमा १४ प्रतिशत बोनस शेयर रहेको छ । ०.७३६८ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि रहेको छ।
लघुवित्तकाे सञ्चालक समितिको मंसिर २६ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। साे लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर लघुवित्तकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने भएकाे छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




