
काठमाडौं, २९ मंसिर । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेको छ। यसदिन लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि दुबै कम्पनीले भोली पुस १ गते बुकक्लोज गर्ने जनाएका छन्। यस अनुसार आजसम्म नेप्सेमा शेयर कारोबार गरेर कायम हुने शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन र लाभांश पाउन याेग्य हुनेछन्।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले २५ औँ वार्षिक साधारण सभा पुस १४ गते बाेलाएकाे छ । सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा बिहान ११ बजे बाेलाएकाे छ।
सभामा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। सञ्चालक समितिको चयन, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पारित गरिनेछ ।
कालिञ्चोक दर्शन
कालिञ्चोक दर्शनले पुस १५ गते ११ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बद्रीनाथ होटल, गौशाला, काठमाडौँमा बिहान ११ बजे काेलाइएकाे छ।
सभामा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ। कम्पनीले बोनस शेयर वितरणपछि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, विभिन्न निर्णयहरुकाे अनुमोदन गर्नेछ । साथै सञ्चालककाे चयन, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पारित गरिने भएकाे छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




