
काठमाडौं, ३ पुस । नेपाल एसबिआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। बैंकले बत्तीसौँ वार्षिक साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि शुक्रबार पुस ४ गते बुकक्लोज गर्ने जनाएकाे छ।
शेयरधनीहरुले लाभांश पाउन र सभामा भाग लिनका लागि याेग्य हुन आजसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरुले मात्रै साधारण सभामा सहभागि हुन र लाभांश पाउन सक्नेछन्।
बैंककाे साधारण सभा पुस १८ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे बाेलाइएकाे छ। सभाले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेलन गर्नेछ ।
साथै सभाले अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनका कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने निम्मेवारी सञ्चालक समितिलाई, सञ्चालककाे चयन तथा लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गर्नेछ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




