
काठमाडौं, ४ पुस । लाभांश अनुमाेदन गर्नका लागि सन नेपाल लाइफ इन्स्योरेन्सले दुई आर्थिक वर्षकाे साधारण सभा बाेलाएकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि घोषणा गरेको लाभांश अनेमालनका लागि सभा डाकेकाे हाे ।
कम्पनीकाे आठौँ र नवौँ वार्षिक साधारण सभा पुस २५ गते, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौँमा बिहान साढे १० बजे बाेलाइएकाे छ।
सभाबाट ५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि १५.२६३२ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ । यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिने भएकाे छ।
साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुकक्लोज गर्ने जनाएकाे छ। शेयरधनीहरुले लाभांश पाउन र सभा भाग लिन याेग्य हुनका लागि पुस १३ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




