लाभांश अनुमाेदन गर्न नबिल बैंकले डाक्याे एजिएम

-



     सफल आवाज    
     पौष ७ गते २०८२ मा प्रकाशित



काठमाडौं, ७ पुस । नबिल बैंकले लाभांश अनुमाेदन गर्न साधारण सभा डाकेकाे छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि यसअघि घोषणा गरेको लाभांश अनुमाेदन गर्न साधारण सभा डाकेकाे हाे ।

बैंककाे ४१ औँ वार्षिक साधारण सभा यही पुस २८ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान सवा ११ बजे बाेलाइएकाे छ।

सभामा १२.५० प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन र अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्था मर्जर वा एक्विजिशन गर्ने बारेमा कार्य गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने, संस्थापकबाट एकजना सञ्चालक चयन गर्ने, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिने भएकाे छ ।

साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि पुस १६ गते बुकक्लोज गरिने भएकाे छ । यसका लागि शेयरधनीहरुले पुस १४ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरु साधारण सभामा भाग लिन र लाभांश पाउन याेग्य मानिनेछन्।