
पोखरा, ९ पुस । पोखरा महानगरपालिका वडा नं १४ मा रहेकाे नेपालकाे पहिलाे हाेटल म्यानेजमेन्ट कलेज, नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजमा ‘एनटिएचएमसी फुड फेष्ट २०२६’ पुस २६ गते हुने भएकाे छ । कलेजकाे २५ औं ब्याचका विद्यार्थीको आयोजनामा ‘एनटिएचएमसी फुड फेष्ट २०२६’ हुने भएको फेष्ट छ ।
हरेक वर्ष स्टुुडेन्ड मेगा इभेन्टका रुपमा फुड फेष्टिवल गर्दै आइएकोमा यस वर्ष २५ औं व्याचका विद्यार्थीको आयोजनामा यही पुस २६ गते शनिबार एनटिएचएमसी फुड फेष्ट आयोजना गर्न लागिएको संयोजक विवेक महतले बताए।
फुड फेष्टिवल नजिकै आइसकेकाे र यसका लागि पनि तिब्र पारिएकाे उनले बताए। फेष्टिवलमा विभिन्न प्रकारका खाना र पेय पदार्थ, भेगन (प्लान्ट बेस फुड) लगायतका खानाकाे स्वाद लिन सकिनेछ । साे अवसरमा बार टेण्डरिङ फेलरिङ पनि हुनेछ ।
फेष्टिवल सांस्कृतिक तथा संगीतमय हुने भएकाे छ । कलाकार समिर श्रेष्ठ, केहरसिंह लिम्बु लगायतका र ब्याण्डकाे प्रस्तुती रहनेछ । कार्यक्रममा स्थानीय कलाकार तथा कलेजका विद्यार्थीको प्रस्तुती रहने छ ।
फेष्टिवलमा सशुल्क सहभागि हुने व्यवस्था मिलाइएको छ। यसका लागि अनलाइन टिकेटिङ पार्टनरका रुपमा रेभेलसँग सहकार्य गरिएको छ । साथै आयाेजक समितिकाे तर्फबाट टिकट पनि बिक्री वितरण गरिने छ ।
कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि १४ सदस्यीय मूल आयोजक समितिले काम गरिरहेकाे बताए । यसका लागि विभिन्न प्रायोजकहरु र सहयोगीको सहयोग रहेको उनले जानकारी दिए ।
सहायक प्रिन्सिपल राजकुमार कार्कीले निरन्तरता नै ठूलाे कुरा भएकाे बताए । हामी निरन्तर सरसल्लाहमा रहन्छाै र कसरी राम्राे गर्न सकिन्छ त्यसमा हामी खटिएका छाैँ ।
कार्यक्रम पश्चात वातावरणलाई साथ र सहयोग गर्ने उद्देश्यका साथ ‘प्लेट फर प्लान्ट’ योजना समेत राखिएको आयोजकले जनाएको छ ।








काठमाडौँ — युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८ गते, मंगलबार)…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




