
काठमाडौं, १० पुस । लाभांश पारित गर्न स्वरोजगार लघुवित्त वित्तीय संस्थाले साधारण सभा डाकेकाे छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेकाे हाे ।
लघुवित्तकाे सत्रौँ वार्षिक साधारण सभा माघ ३ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान साढे ११ बजे शुरु बाेलाइएकाे छ।
सभाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिनेछ।
सभाबाट मर्जर तथा एक्विजिशनकाे कार्य गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिइनेछ । प्रबन्धपत्र र नियमावली संशोधन, सर्वसाधारणबाट प्रतिनिधित्व गर्नै ३ जना सञ्चालकहरुको चयन गर्ने, लेखापरीक्षक नियुक्ति र पारीश्रिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिने भएकाे छ।
संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १८ गते बुकक्लोज गर्ने जनाएकाे छ। साधारण सभामा हुन र लाभांश पाउनका लागि शेयरधनीहरु पुस १७ गतेसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरु सभामा सहभागिता भाग लिन र लाभांश पाउन याेग्य हुनेछन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




