यी चार कम्पनीहरुको शेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     पौष १४ गते २०८२ मा प्रकाशित



काठमाडौं, १४ पुस । नेपाल स्टक एक्सचेञ्जमा ४ कम्पनीहरुको शेयरमूल्य समायोजन गरिएकाे छ।

साेमबार नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट, शिखर इन्स्योरेन्स कम्पनी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र कुथेली बुखरी स्मल हाइड्रोपावरकाे शेयरमूल्य समायोजन गरिएकाे हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि सबै कम्पनीहरुले बुकक्लोज गरेपछि नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेकाे हो।

अब साेहि समायोजन गरिएकाे मूल्यका आधारमा साेमबार दोस्रो बजारमा शेयर कारोबार खुनेछ।