यी ७ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     पौष १४ गते २०८२ मा प्रकाशित



काठमाडौं, १४ पुस । आज ७ वटा कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेको छ।

साेमबार नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था तथा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे हो।

साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुटवल पावरले पुस १५ गते बुकक्लोज गर्ने जनाएकाे छ । अरु ६ वटा कम्पनीहरुले पुस १६ गते बुकक्लोज गर्ने बताएका छन्।

पुस १५ मा तमु ल्होसारको सार्वजनिक बिदा परेकाेले आजसम्म नेप्सेमा कारोबार भएर कायम भएका शेयरधनीहरुले सबै कम्पनीहरुको साधारण सभामा भग लिन र लाभांश पाउन याेग्य मानिने भएका छन्।