यी चार ४ कम्पनीहरुको शेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     पौष १५ गते २०८२ मा प्रकाशित



काठमाडौं, १५ पुस । नेपाल स्टक एक्सचेञ्जमा आज मंगलबार ४ कम्पनीको शेयरमूल्य समायोजन गरिएकाे छ।

शेयरमूल्य समायाेजन गरिएका कम्पनीहरुमा मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्था रहेका छन् ।

चारवटै संस्थाहरुले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज अघिकाे अन्तिम काराेबार सकिएपछि नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेकाे हो।

अब साेहि समायोजन गरिएकाे मूल्यका आधारमा बुधबार दोस्रो बजारमा शेयर कारोबार हुनेछ । यसदिन तमु ल्होसार परेकाे र सार्वजनिक बिदाका कारण शेयर बजार बन्द हुनेछ ।