
काबुल, १७ पुस । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ले अफगान अधिकारी अब्दुल रहमान हबीबलाई उद्धृत गर्दै “एक वर्षमा लगभग २८ लाख शरणार्थी घर फर्केको उल्लेख गर्दै अर्थतन्त्र र भविष्यमा थप आर्थिक स्थिरताको डर बढेको जनाएका छन् ।
हबीबले अफगान शरणार्थीहरूको फिर्ती पछिको थप विवरण भने पेश गर्नु भएको छैन । यद्यपि, हबीबले अफगान सरकारले राष्ट्रिय अर्थतन्त्रलाई स्थिर बनाउन, रोजगारीका अवसरहरू सिर्जना गरी गरिबी निवारण गर्न स्थानीय उत्पादनहरू बढाउन निजी क्षेत्र, विदेशी लगानीलाई सहयोग गर्न र प्रमुख विकास परियोजनाहरू कार्यान्वयन जारी राख्ने प्रयास गरिरहनु भएको उल्लेख गर्नु भएको छ ।
लाखौँ अफगान शरणार्थीहरू विगत चार दशक भन्दा बढी समय देखि युद्ध र अशान्तिबाट बच्न छिमेकी पाकिस्तान र इरानलगायतका देशमा बसिरहेका थिए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




