यी ९ वटा कम्पनीहरुको शेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     पौष १८ गते २०८२ मा प्रकाशित



काठमाडौं, १८ पुस । आज पुस १८ गते शुक्रबार नाैवटा कम्पनीहरुकाे शेयरमूल्य नेप्सेमा समायाेजन गरिएकाे छ।

शुक्रबार शेयरमूल्य समायाेजन भएका कम्पनीहरुमा स्वरोजगार लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, समता घरेलु लघुवित्त, मेरो माइक्रोफाइनान्स, अपि पावर, ग्लोबल आइएमई लघुवित्त, कालिका पावर, हिमालयन लघुवित्त र युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर रहेका छन् ।

सबै कम्पनीहरुलर् साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य निर्धारण गरेको हो।

अब आइतबार पुस २० गतेबाट नयाँ समायाेजन भएकाे शेयर मूल्यकाे आधारमा दोस्रो बजारमा उनीहरुकाे शेयर कारोबार खुल्ला हुनेछ।