
काठमाडौं, २२ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार तीन वटा सूचीकृत कम्पनीहरूको शेयर मूल्य समायोजन गरेको छ।
एनएलजी इन्स्योरेन्स कम्पनी, नेशनल लघुवित्त वित्तीय संस्था र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेपछि पछिल्लो कारोबारकाे आधारमा नयाँ मूल्य कायम गरिएकाे हो।
एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत बोनस शेयरका लागि शेयरमूल्य समायोजन गरिएकाे छ । जसकाे प्रतिकित्ता ६९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियाने । नयाँ मूल्य ६७१.१५ रुपैयाँ कायम गरिएकाे छ।
लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर वितरणको तयारीमा रहेको छ । यसकाे १ हजार ३०५ रुपैयाँको अन्तिम कारोबार भएकाे मूल्यका आधारमा नयाँ मूल्य १,१४२.२३ रुपैयाँ कायम भएकाे छ ।
विन्ध्यवासिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस शेयरका लागि शेयरमूल्य समायोजन गरिएको छ। नेप्सेले ४७७.९० रुपैयाँको अन्तिम मूल्यलाई आधार मानेर नयाँ मूल्य ४५५.१४ रुपैयाँ निर्धारण गरेको छ।
अब सबै कम्पनीको नयाँ कायम भएकाे मूल्यकाे आधारमा दोस्रो बजारमा शेयर कारोबार खुल्ने भएकाे छ । लगानीकर्ताले बुक क्लोज भएकाे अघिल्लो दिनसम्म शेयर कायम राखेकाे हुनुपर्नेछ । यसरी कायम भएकाहरुले मात्रै बोनस शेयर पाउनेछन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




