
पेरिस, २२ पुस । युक्रेनका प्रमुख सहयोगीहरूले मङ्गलबार पेरिसमा शीर्ष अमेरिकी दूतहरूसँग सुरक्षा ग्यारेन्टीहरू बारे छलफल गर्न भेला हुने बताइएको छ । उनीहरूले रूससँगको युद्ध अन्त्य गर्ने अमेरिकी योजनाहरूमा अगाडि बढिरहेको अवस्थामा छलफल हुन लागेको बताइएको छ ।
दोस्रो विश्वयुद्ध पछिको युरोपको सबैभन्दा घातक द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासले पछिल्लो समयमा गति लिएको जनाइएको छ । युक्रेन समर्थकहरूको समूहको शिखर सम्मेलनलाई “कोएलिशन अफ द विलिङ“ भनिन्छ जुन नयाँ वर्षका लागि योजना गरिएको बैठक मध्ये पछिल्लो हो ।
छलफलका लागि २७ राष्ट्र प्रमुखहरू सहित ३५ देशका प्रतिनिधिहरू पेरिसमा भेला हुने उल्लेख गर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोनले युक्रेनको सुरक्षा ग्यारेन्टीमा वासिङ्टन, किएभ र युरोपेली सहयोगीहरू सयुक्त प्रयास गर्ने उद्देश्य रहेको बताउनु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ लगायत फ्रान्स र बेलायतले गठबन्धनको बैठकमा भाग लिने जनाइएको छ ।
फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनका सल्लाहकारले “संयुक्त राज्य अमेरिकाले युक्रेनलाई त्याग्नबाट“ रोक्नका लागि डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा आइपुगेपछि सुरु गरिएका प्रयास स्वरुप नयाँ बैठक भएको बताउनु भएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




