सूर्यकुण्ड हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     पौष २३ गते २०८२ मा प्रकाशित



काठमाडौं, २३ पुस । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिककाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले पुस ९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय जनताका लागि आईपीओ खुलाएकाे थियाे।

कम्पनीले १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशनकाे अनुमति पाएको थियो।

कम्पनीले ६ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। शेयरमा नुवाकोटकाे दुप्चेश्वर गाउँपालिकाका सम्पूर्ण वडावासीले आवेदन दिन पाउनेछन्।

शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाइनेछ । बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

शेयरमा लगानीका लागि ज्योती विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंकको खैरेनिटार शाखा, राष्ट्रिय वाणिज्य बैंकको खैरेनिटार शाखा, ट्रेडटावर, थापाथलीस्थित रजिष्टर्ड कार्यालय र दुप्चेश्वर गाउँपालिकास्थित आयोजनास्थलबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।