
काठमाडौं, २४ पुस । होटल फरेष्ट इनले माघ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीका अनुसार वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गरिने भएकाे हो।
कम्पनीले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा ४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरकाे ४ लाख कित्ता साधारण विदेशमा रोजगारमा रहेका नेपालीहरुका लागि रहेकाे छ ।
लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा २ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारीमा गएकाहरुले माघ ८ गतेसम्म आवेदन दिन पाउनेछन्। साे अवधिमा पूरा आवेदन नपरेमा माघ १८ गतेसम्म आवेदन दिन सकिनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सेबाेनबाट अनुमति लिएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयर अनलाइनबाट आवेदन दिन पाउनेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




