किन घट्याे अन्तर बैंक कारोबार ?

-



     सफल आवाज    
     पौष २७ गते २०८२ मा प्रकाशित



काठमाडौं, २७ पुस । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनामा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरू बीचको अन्तर बैंक कारोबार घटेकाे छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा काराेबार घटेर ४ खर्ब १७ अर्ब रुपैयाँमा सीमित भएको छ। जस अनुसार वाणिज्य बैंकहरूले ३ खर्ब ४४ अर्ब ७१ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूले ७२ अर्ब २९ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार गरेका छन्।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा अन्तर बैंक कारोबार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा घटेको हो।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको अन्तर बैंक कारोबार ६ खर्ब ८ अर्ब ५५ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूको ७८ अर्ब ८१ करोड रुपैयाँ गरी कुल ६ खर्ब ८७ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो।