
अदामुज (स्पेन), ५ माघ । दक्षिणी स्पेनमा आइतबार साँझ एउटा उच्चगतिको रेल पटरीबाट खस्दै विपरीत दिशाबाट आइरहेको अर्को उच्चगतिको रेलसँग ठोक्किँदा कम्तीमा २१ जनाको ज्यान गएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन् । स्पेनका यातायातमन्त्री ओस्कार पुएन्टेले उद्धार कार्य सम्पन्न भइसकेको र मृतक सङ्ख्या मध्यरातपछि २१ पुगेको जानकारी दिनुभएको छ ।
यद्यपि अझै पुष्टि हुन बाँकी पीडित हुनसक्ने सम्भावना रहेको उहाँले बताउनुभयो । रेल अपरेटर आदिफका अनुसार करिब ३०० यात्रु बोकेको रेल साँझ ७ः४५ बजे मालागाबाट म्याड्रिडतर्फ जाँदै गर्दा कोर्डोबा नजिकै अचानक पटरीबाट हटेको थियो । सो रेलको पछाडिको भाग उफ्रेर विपरीत दिशाबाट म्याड्रिडदेखि दक्षिणी सहर हुवेल्भातर्फ आइरहेको करिब २०० यात्रु बोकेको अर्को उच्चगतिको रेलसँग ठोक्किएको थियो ।
अन्डालुसिया क्षेत्रीय राष्ट्रपति जुआन म्यानुएल मोरेनोले ७५ यात्रुलाई अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो । तीमध्ये धेरैलाई कोर्डोबा लगिएको छ र कम्तीमा १५ जना गम्भीर घाइते छन् । स्पेनिस रेड क्रसले दुर्घटनास्थल नजिकैको आदामुज सहरमा सहायता केन्द्र स्थापना गरी आपतकालीन सेवाहरू र आफन्तको खोजीमा रहेका मानिसहरूलाई सहयोग गरिरहेको छ ।
सिभिल गार्ड, सिभिल डिफेन्स तथा अन्य उद्धार टोलीहरू चिसो र स्पष्ट रातभर भग्नावशेष हटाउने कार्यमा खटिएका छन् । घटनास्थलमा आपतकालीन सेवाबाहेक अरूलाई प्रवेश निषेध गरिएको थियो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




