चुनावी चहलपहलसँगै नेप्से र काराेबार रकममा उच्च बृद्धि

-



     सफल आवाज    
     माघ ६ गते २०८२ मा प्रकाशित



काठमाडौं, ६ माघ। देशमा चलिरहेकाे चुनावी वातावरणले शेयर बजारमा राम्राे प्रभाव पारेकाे छ । आउँदाे फागुन २१ गते प्रतिनिधि सभाकाे निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिएकाे छ ।

बजार चलायमान बनाउन मुख्यतया सकारात्मक राजनीतिक गतिविधि पनि हुन् । शेयर बजारले यसदिन लिएकाे लयले लगानीकर्ताकाे बनाेवल उच्च बनाएकाे छ ।

आज नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि धेरै सुधार भएकाे छ । नेप्से परिसूचक ४२ दशमलव २६ अङ्कले बढेर दुई हजार ७१४ दशमलव ८१ को बिन्दुमा चढेकाे छ । जाे एक दशमलव ५८ प्रतिशतले वृद्धि भएकाे हो ।

यसदिन ३३९ कम्पनीहरुको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता शेयर एक लाख १५ हजार १८१ पटक खरिदबिक्री भएकाे छ । यसरी बिक्री हुँदा रु ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार ७० बराबरको कारोबार भएको छ।

१३ वटै उपसमूहहरुमा हरियाली छाएकाे छ । बैङ्किङ १.२४, विकास बैङ्क १.४५, वित्त ०.९७, होटल तथा पर्यटन ३.३६, जलविद्युत् १.७७ र लगानी समूह २.५४ प्रतिशतले बढेको छ ।

जीवन बीमा १.८६, उत्पादन तथा प्रशोधन १.३९, लघुवित्त १.५४, म्युचुअल फन्ड १.०४, निर्जीवन बीमा १.६५, व्यापार ०.३७ र अन्य समूह १.४४ प्रतिशतले बढेको छ ।

यसदिन गुर्खाज फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै एसबिएल डिबेञ्चर २०८९ को शेयर मूल्य ४.२३ प्रतिशतले घटेको छ ।