मञ्जुश्री फाइनान्सको नाफामा १५.६३ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     माघ ७ गते २०८२ मा प्रकाशित



काठमाडौं ६ माघ । मञ्जुश्री फाइनान्सकाे खुद नाफा बढेकाे छ । फाइनान्सकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा बढेको हाे ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। जाे गएकाे आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६३ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सकाे नाफा ११ करोड ७० लाख रुपैयाँ रहेकाे थियो।

फाइनान्सको खुद ब्याज आम्दानी १३.८७ प्रतिशतले बढेको छ । खुद फि तथा कमिशन आम्दानी २.०३ प्रतिशतले घटेको छ।कुल सञ्चालन आम्दानी १२.६४ प्रतिशतले बढेको छ । सञ्चालन मुनाफा ११.५४ प्रतिशतले घटेको छ। वितरणयोग्य मुनाफा २३ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

प्रतिशेयर आम्दानी आम्दानी २ रुपैयाँ ७१ पैसा बढेर २० रुपैयाँ ३ पैसा कायम भएकाे छ। मूल्य आम्दानी । रेसियाे ३९.८९ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ।

फाइनान्सको जगेडा कोषमा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ रहेकाे छ। चुक्ता पूँजी १ अर्ब ३५ करोड रहेको छ । फाइनान्सले २२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेकाेमा १९ अर्ब ६१ करोड रुपैयाँ कर्जामा लगानी गरेको छ।