
काठमाडौं, ११ माघ । सांग्रिला डेभलपमेन्ट बैंककाे नाफामा ५३.९५ प्रतिशतले बृद्धि भएकाे छ । प्रतिशेयर आम्दानी पनि बढेकाे छ । बैंककाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा बढेको हाे ।
यस आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले रुपैयाँ ३० करोड २५ लाख खुद नाफा कमाएकाे छ। जाे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ५३.९५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १९ करोड ६५ लाख रुपैयाँ खुद गरेकाे थियो।
बैंकको खुद ब्याज आम्दानी १८.४९ प्रतिशत बढेकाे छ । खुद फि तथा कमिशन आम्दानी ११.२९ प्रतिशतले, कुल सञ्चालन आम्दानी १९.४६ प्रतिशतले र सञ्चालन मुनाफा ५९.३३ प्रतिशतले बढेको छ। इम्पेरमेन्ट चार्ज २० करोड ८५ लाख रुपैयाँबाट घटेर १७ करोड ६८ लाख रुपैयाँ रहेकाे छ।
वितरणयोग्य मुनाफा ९ करोड ४६ लाख रुपैयाँ रहेको छ । वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७ पैसा रहेको छ। प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७५ पैसा बढेर १६ रुपैयाँ २१ पैसा कायम भएकाे छ। मूल्य आम्दानी रेसियाे २४.७८ गुणा छ । नेटवर्थ १५३ रुपैयाँ २४ पैसा रहेको छ।
बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड रुपैयाँ रहेकाे छ । जगेडा कोषमा १ अर्ब ९८ करोड रुपैयाँ रहेकाे छ। पुस मसान्तसम्म ५४ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन र ४४ अर्ब ४० करोड रुपैयाँ कर्जामा लगानी भएकाे छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




