
काठमाडौं, ११ माघ । माछापुच्छ्रे बैंककाे नाफा र प्रतिशेयर आम्दानी दुबैमा बृद्धि भएकाे छ । बैंककाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी गत आर्थिक वर्षकोभन्दा बढेको हाे।
यस आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब १ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेकाे छ। जाे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा २५.२५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा नाफा ८० करोड ७३ रुपैयाँ थियो।
बैंकको खुद ब्याज आम्दानी ४.१६ प्रतिशतले बढेकाे छ । खुद फि तथा कमिशन आम्दानी २२.१२ प्रतिशत बढ्दा कुल सञ्चालन आम्दानी ८.८४ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा भने १०.२२ प्रतिशतले घटेको छ।
बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ६३ लाख रुपैयाँ रहेको छ । वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ २२ पैसा रहेको जनाइएकाे छ।
प्रतिशेयर आम्दानी २ रुपैयाँ ८४ पैसा बढेर १६ रुपैयाँ ७३ पैसा भएकाे छ। नेटवर्थ १६१ रुपैयाँ ६० पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे १३.६१ गुणा रहेको छ।
बैंकको चुक्ता पूँजी १२ अर्ब ८ करोड रुपैयाँ रहेकाे छ । जगेडा कोषमा ६ अर्ब ९८ करोड रुपैयाँ सञ्चित रहेकाे छ भने पुस मसान्तसम्ममा २ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकाे जनाएकाे छ । रुपैयाँ १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकाे छ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित… 




