
न्यूयोर्क, १२ माघ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोग (ओएचसीएचआर) ले दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै गएकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्र सङ्घले यस्तो घटनाक्रमले नागरिकहरू विरुद्ध सामूहिक हिंसाको जोखिमलाई उल्लेखनीय रूपमा बढाउँने र शान्ति सम्झौतालाई अझ बिगार्ने चेतावनी दिएको छ ।
ओएचसीएचआरले प्रभावकारी कमान्ड र नियन्त्रण प्रयोग गर्ने कमान्डरहरू लगायतका सार्वजनिक बयानहरू, सेना परिचालनसँग मिल्दोजुल्दो हुदाँ शान्ति प्रक्रियाको आधार कमजोर भएको क्षणमा हिसांत्कम क्रियाकलापमा वृद्धि हुने जनाएको छ ।
आयोगले अपराधहरू रोक्न वा सजाय दिन असफल हुनेहरूलाई आपराधिक रूपमा जिम्मेवार ठहरसमेत गरेको छ । आयोगले शान्ति सम्झौताको निरन्तर उल्लङ्घन र अस्थिर र जातीय रूपमा विभाजित वातावरणमा कमान्डबाट सञ्चालित व्यापक राजनीतिक विच्छेदको हिस्सा भएको उल्लेख गरेको छ ।
आयोगले क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारहरूलाई शान्ति सम्झौताको संरक्षण गर्न तत्काल पुनः संलग्न हुन र दक्षिण सुडानका नेताहरूलाई उनीहरूले प्रतिबद्ध गरेको राजनीतिक मार्गमा फर्कन दबाब दिन माग गर्दै तनाव कम गर्न तत्काल भड्काउने बयानबाजी र सेना परिचालन बन्द गर्न सबै पक्षहरूलाई आह्वान गरेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




