एभरेष्ट बैंकको नाफामा बृद्धि, वितरणयोग्य मुनाफा ३ अर्ब बढी

-



     सफल आवाज    
     माघ १४ गते २०८२ मा प्रकाशित



काठमाडौं, १४ माघ । एभरेष्ट बैंककाे नाफामा समान्य बृद्धि भएकाे छ । बैंककाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा केहि बढेको हाे।

यस आर्थिक वर्षको पुससम्ममा बैंकले २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जामे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा २.०४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षमा बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेकाे थियो।

बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी २०.३८ प्रतिशत कुल सञ्चालन आम्दानी ९.७३ प्रतिशतले बढेको छ। इम्पेरमेन्ट चार्ज ३४ करोड ९५ लाख रुपैयाँबाट बढेर ५६ करोड २७ लाख रुपैयाँ भएकाे छ। यसले गर्दा सञ्चालन मुनाफा २.०६ प्रतिशतले बढेको हाे।

प्रतिशेयर आम्दानी १ रुपैयाँ २० पैसा घटेर ३० रुपैयाँ ८६ पैसामा झरेको छ। पुससम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ १५ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे २१.३९ गुणा छ। वितरणयोग्य मुनाफा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पूँजी रु १३ अर्ब ७२ करोड १३ लाख रहेको छ । जगेडा कोषमा १८ अर्ब ५२ करोड रुपैयाँ रहेकाे छ। पुस सम्ममा ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकाे छ भने २ खर्ब ३६ अर्ब रुपैयाँ कर्जामा लगानी गरेको छ।