
काठमाडौं, १५ माघ । साताको शेयर काराेबारु हुने बिहिबार अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १७.५३ अंकले घटेर २ हजार ७१४.०५ विन्दुमा रहेकाे छ । यसदिन ३२० कम्पनीकाे शेयर काराेबार भएकाे छ ।
काराेबार भएकाहरुमध्ये ८५ कम्पनीकाे शेयरमूल्य बढेकाे छ । १७० कम्पनीहरुकाे शेयरमूल्य घटेकाे छ । ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता शेयर १४ अर्ब ५६ करोड ३१ लाख ३९ हजार रुपैयाँमा काराेबार भएकाे छ ।
जलविद्युत, लगानी तथा म्युचुअल फण्ड समूहका परिसूचक सकारात्मक भएका छन् । वाणिज्य बैंक, विकास बैंक, वित्त, होटेल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, व्यापार तथा अन्य समूहमा गिरावट भएकाे छ ।
यसदिन हिमाल दोलखा हाइड्रोपावर कम्पनी, शिवश्री हाइड्रोपावर तथा कालिका पावर कम्पनीका शेयरधनीनीहरुले नाफा कमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त वित्तीय संस्था तथा सप्तकोसी डेभलपमेन्ट बैंकका शेयरधनीहरु रहेका छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




