शिखर पावर लिमिटेडकाे आईपीओमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     माघ २० गते २०८२ मा प्रकाशित



काठमाडौं, २० माघ । शिखर पावर डेभलपमेन्ट लिमिटेडकाे आईपीओमा आवेदन दिने अवधि लम्बिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि माघ ६ गते देखि शेयर निष्काशन गरेकाे थियाे । अब साे आईपीओमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने भएकाे छ।

शेयरमा मागभन्दा बढी आवेदन परेमा ताेकिएकाे समय अगावै निष्काशनबन्द गरिनेछ। कम्पनीले ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशनकाे अनुमति पाएकोमा ९ करोड ८० लाख रुपैयाँ बराबरको ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि रहेकाे छ ।

शेयरमा लगानीका लागि बागलुङकाे बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरु र आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानियले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

स्थानियले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंकको बुर्तिवाङ र बागलुङ बजार शाखा कार्यालय, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंकको बुर्तिवाङ शाखा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।