
काठमाडौं, २१ माघ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरिकेकाे छ ।
कम्पनीले १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशनकाे अनुमति पाएकोमा ६ लाख ८९ हजार ६७५ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि रहेकाे छ । ६८ हजार ९६७ कित्ता विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बाँडफाँड भइसकेकाे छ।
याे दोस्रो चरणमा १३ हजार ७९३ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । यसमा ३४ हजार ४८४ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई रहेकाे छ । जसमा बाँकी रहेको ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँबराबरको ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्काशन गरिएकाे हाे ।
आईपीओमा घटीमा १० कित्ता र बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले छिटाेमा माघ २१ गतेसम्म र ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन पाउनेछन्।
इच्छुक लगानीकर्ताले सेबाेनबाट स्वीकृति लिएका सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्। साथै मेरो शेयर अनलाइनबाट आवेदन दिन सकिनेछ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




