कालिञ्चोक दर्शनकाे नाफामा १५२.६८ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     माघ २१ गते २०८२ मा प्रकाशित



काठमाडौं, २१ माघ। कालिञ्चोक दर्शन लिमिटेडकाे नाफा बढेकाे छ । कम्पनीकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षकाे साेही अवधिकाेभन्दा बढेकाे हाे ।

कम्पनीले पुस मसान्तसम्म १ करोड १९ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ। याे नाफा गत आर्थिक वर्षकाे साेही अवधिकाेभन्दा १५२.६८ प्रतिशतले धेरै हाे। गत आर्थिक वर्षमा कम्पनीले ४७ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएकाे थियो।

कम्पनीको आम्दानी ३ कराेड ८ लाख रुपैयाँबाट बढेर ३ करोड ५४ लाख रुपैयाँ पुगेको छ । सञ्चालन आम्दानी २ कराेड ९० लाख रुपैयाँबाट बढेर ३ करोड ४१ लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा १ कराेड २ लाख रूपैयाँबाट बढेर १ कराेड ४९ लाख रूपैयाँ रहेकाे छ।

कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा ४ करोड ३९ लाख रुपैयाँ छ। प्रतिशेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा रहेको छ। नेटवर्थ १०७ रुपैयाँ ३६ पैसा रहेको छ।