
काठमाडौं, २१ माघ । साताकाे शेयर काराेबार हुने चाैथाे दिन बुधबार नेप्सेमा सामान्य अंककाे गिरावट भएकाे छ। मंगलबार पनि शेयर बजार घटेर बन्द भएको थियाे ।
नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१.५० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.७० अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.१९ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंकले घटेको छ।
यसदिन कारोबार रकम पनि घटेको छ। यसअघि मंगलबार ८ अर्ब ६३ करोड रुपैयाँबराबरको शेयर काराेबार भएकाेमा बुधबार ३२६ कम्स्टपनीहरुकाे ८० हजार ४२२ पटकको कारोबार हुँदा ७ अर्ब ४९ करोड ९७ लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ६६ लाख ८२ हजार कित्ता शेयर किनबेच भएको छ।
कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र आँखु खोला जलविद्युत कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ७ प्रतिशतले बढेको छ । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ६ प्रतिशत बढी बढेको छ। एचएलआई लार्ज क्याप फण्डको इकाईमूल्य ५.५४ प्रतिशतले घटेको छ।
कारोबारकाे आधारमा आँखु खोला जलविद्युत कम्पनी अगाडी रहेकाे छ। कम्पनीको ८० करोड ७७ हजार रुपैयाँबराबरको कारोबार भएको छ। एसवाई प्यानल नेपालको साढे ६० करोड रुपैयाँको शेयर काराेबार भएकाे छ । राधी विद्युत कम्पनीको २६ करोड रुपैयाँ बढीकाे काराेबार भएकाे छ।
१३ उपसमूहमध्ये ७ उपसमूहमा हरियाे लागेकाे छ । ६ वटामा राताे लागेकाे छ । वित्त उपसमूहको परिसूचक ०.९३ प्रतिशत बढेको छभने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




