आइएमई लाइफकाे नाफामा सामान्य बृद्धि

-



     सफल आवाज    
     माघ २२ गते २०८२ मा प्रकाशित



काठमाडौं २२ माघ । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडकाे खुद नाफा बढेकाे छ । कम्पनीकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा बढेको हाे ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा इन्स्योरेन्सले २७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो नाफँ गत आर्थिक वर्षको सोही अवधिकोभन्दा १.०४ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद आर्जित बीमाशुल्क ३६.४५ प्रतिशतले बढेकाे छ । कुल आम्दानी २७.५९ प्रतिशतले बढेको छ भने कुल दाबी भुक्तानी ३०.७१ प्रतिशतले बढेको छ । कम्पनीकाे कुल खर्च ३०.०६ प्रतिशतले बढेको छ।

प्रतिशेयर आम्दानी ११ पैसा बढेर १० रुपैयाँ ८३ पैसा भएकाे छ। पुससम्म प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ १६ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे ४१.११ गुणा रहेको छ।

इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेकाे छ । शेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोषमा २८ करोड ९८ लाख रुपैयाँ रहेकाे छ । रिटन्ड अर्निङ्गमा ४३ करोड ४२ लाख रुपैयाँ र अन्य इक्विटीमा २१ करोड रुपैयाँ रहेकाे छ।