सुनचाँदीको भाउ बढ्यो, ताेलाकाे कति पुग्याे ?

-



     सफल आवाज    
     माघ २६ गते २०८२ मा प्रकाशित



काठमाडौं, २६ माघ । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्राे दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुन प्रतितोला ४ हजार १०० रुपैयाँ र चाँदी तोलामा २४० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको जनाएकाे छ । आईतबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी तोलामा २४० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । आईतबार चाँदी प्रतिताेला ५ हजार १० रुपैयाँमा खरिदबिक्री भएको थियो ।