रिज लाइन इनर्जीको आईपीओमा आजदेखि आवेदन खुला

-



     सफल आवाज    
     माघ २८ गते २०८२ मा प्रकाशित



काठमाडौं, २८ माघ । रिज लाइन इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेकाे छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर बाँडफाँड गरेपछि याे चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे हो।

कम्पनीले २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बाँडफाँट गरिसकेको छ। साथै १ लाख ४२ हजार २०० कित्ता विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बाँडफाँट भइसकेकाे छ।

याे दोस्रो चरणमा २८ हजार ४४० कित्ता शेयर कर्मचारीहरुका लागि रहेकाे छ । ७१ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिएकाे हाे ।

लगानिकर्ताले घटीमा १० कित्ता र बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । यसका लागि फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ । ढिलोमा भने फागुनकाे १३ गतेसम्म आवेदन दिन सकिने छ।

लगानीकर्ताले सेबाेनबाट स्वीकृती पाएका सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर अनलाइनबाट आवेदन दिन पाउनेछन्। शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।