
काठमाडौं, २८ माघ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडकाे आईपीओ फागुन १२ गतेदेखि निष्काशन गरिने भएकाे छ।
यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर बाँडफाँट गरिेसकेकाे छ । याे दाेश्राे चरणमा सर्वसाधारणका लागि आईपीओ खुलाउन लागेकाे हाे ।
कम्पनीले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा जारी १८ लाख ७५ हजार कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि रहेकाे छ ।
५ लाख ६२ हजार ५०० कित्ता विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि हाे । २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । २ लाख ८१ हजार २५० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँट भइसकेकाे छ।
यस चरणमा कम्पनीले बाँकी रहेको ४५ करोड रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४५ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्ने भएकाे हाे ।
लगानीकर्ताले घटीमा १० तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। शेयरमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । ढिलोमा फागुन २६ गतेसम्म आवेदन दिन पाइने ।
लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन पाइनेछ । साथै मेरो शेयर अनलाइनबाट आवेदन दिन पाइनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




