
काठमाडौं २८ माघ । नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने जनाएकाे छ। बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गरेर ‘निक्षेप सङ्कलन उपकरण’ मार्फत साे रकम सङ्कलन गर्न लागेको जनाएकाे हो।
बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि बैंकले ४६ दिनका लागि यो उपकरण प्रयोग गर्न लागेको जनाएकाे छ । यसमा बैंक तथा वित्तीय संस्थाहरूले आजै दिउँसाे ३:०० बजेसम्म अनलाइन बिडिङबाट बोलकबोलमा सहभागी हुन पाउनेछन्।
सूचना जनाइए अनुसार, सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राखेर रकम बाँडफाँड गरिने भएकाे छ। सङ्कलन गरिएको रकमलाई बैंकहरूले नगद मौज्दातमा गणना गर्न नपाउने भएका छन्।
तर वैधानिक तरलता अनुपात र तरलता अनुपातमा गणना गर्न पाइने छ। निक्षेपलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न सकिने भएकाे छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




