यसकारण बन्दीपुर केबलकारको नोक्सानी घट्यो

-



     सफल आवाज    
     माघ २९ गते २०८२ मा प्रकाशित



काठमाडौं, २९ माघ। बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडकाे नोक्सानी घटेकाे छ । कम्पनीकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिकोभन्दा घटेको हाे ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीकाे २ करोड ५९ लाख रुपैयाँ नोक्सानीमा रहेको थियाे । कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ७४ लाख ९१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियाे ।

कम्पनीको सञ्चालन आम्दानी ३९.४८ प्रतिशतले बढेको छ । कुल आम्दानी ७८.४३ प्रतिशतले बढेको छ। कम्पनीको कुल खर्च समीक्षा अवधिमा ८.१४ प्रतिशत र वित्तीय खर्च ३५.७६ प्रतिशतले घटेको विवरणमा उल्लेख छ।

कम्पनीको प्रतिशेयर आम्दानी ५३ पैसा ऋणात्मक रहेको छ । प्रतिशेयर नेटवर्थ भने ९२ रुपैयाँ ४७ पैसा रहेको जनाइएकाे छ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ८२ करोड ९९ लाख रुपैयाँ रहेकाे छ । रिटेन्ड अर्निङ्ग २१ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ।