
काठमाडौं, ४ फागुन । याे साताको शेयर काराेबार भएकाे पहिलो दिन साेमबार नेप्सेमा गिरावट भएकाे छ । नेप्से परिसूचकका साथै काराेबार रकम पनि घटेकाे छ।
नेप्से परिसूचक ८.१६ अंकले घटेर २६६२.९१ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.०६ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.५६ अंकले घटेकाे छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंकले घटेको छ।
साेमबार कारोबार रकम पनि घटेको छ। बिहीबार ११ अर्ब १० करोड रुपैयाँबराबरको शेयर काराेबार भएकाेमा यसदिन ३३५ कम्पनीहरुकाे ८० हजार ५५९ पटकको शेयर कारोबारबाट ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको १ करोड ९६ लाख १६ हजार कित्ता शेयर किनबेच भएकाे छ।
बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी, रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लागेर काराेबार भएकाे छ । रिलायन्स र सालपा गत बिहीबार नेप्सेमा सूचीकृत भएका थिए । उनीहरुकाे आजदेखि कारोबार सुरु भएकाे हाे ।
अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशत बढी बढेको छ। खानी खोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.३८ प्रतिशतले घटेको छ।
कारोबारकाे आधारमा रिडी हाइड्रोपावर अगाडी रहेकाे छ । कम्पनीको ६५ करोड ३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। आँखु खोला जलविद्युत कम्पनीको साढे ५२ करोड र ङादी ग्रुप पावरको ४८ करोड रुपैयाँ बराबरकाे काराेबार भएकाे छ।
१३ उपसमूहमध्ये ३ उपसमूहमा हरियाे लागेकाे छ । १० वटा उपसमूहहरुमा हरियाे लागेकाे छ । वित्त, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक केहि बढेको छ । जलविद्युत उपसमूहको परिसूचक १.०२ प्रतिशतले घटेको नेप्सेले जनाएकाे छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




