
काठमाडौं, ५ फागुन । साताको शेयर काराेबार हुने तेस्रो दिन मंगलबार पनि नेपाली शेयर बजारमा गिरावट भएकाे छ । अघिल्लो कारोबार दिन सोमबार पनि नेप्सेमा गिरावट भएकाे थियाे ।
नेप्से परिसूचक २०.७५ अंकले घटेर २६४२.१५ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स २.९९ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.५९ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.०८ अंकले घटेको नेप्सेले जनाएकाे छ।
अघिल्लाे दिन सोमबार ७ अर्ब ९४ करोड रुपैयाँबराबरको शेयर काराेबार भएकाेमा यसदिन ३५४ वटा कम्पनीकाे ८३ हजार ७५ पटकको कारोबार हुँदा ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार रुपैयाँबराबरको २ करोड ५ लाख ५९ हजार कित्ता शेयर किनबेच भएकाे छ।

सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेर काराेबार भएकाे छ । कम्पनीको शेयरमूल्य ३३ रुपैयाँ बढेर ३६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य साढे ९ प्रतिशत बढी बढेको छ । बुद्ध भूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतले बढेको छ। सुपर मादी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत घटेको छ।
कारोबारकाे आधारमा रिडी पावर कम्पनी अगाडी रहेकाे छ। कम्पनीको ५३ करोड ३६ लाख रुपैयाँबराबरको शेयर काराेबार भएकाे हाे ।आँखु खोला जलविद्युत कम्पनीको ४४ करोड बढीकाे शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३१ करोड रुपैयाँ बढीकाे काराेबार भएकाे छ।
१३ उपसमूहमध्ये २ वटामा हरियाे लागेकाे छ । बाँकी ११ वटामा राताे लागेकाे छ । म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक थाेरै बढेको छ। वित्त उपसमूहको परिसूचक २.११ प्रतिशत घटेको छ। विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशत बढी घटेको नेप्सेले जनाएकाे छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




