
काठमाडौं, १२ फागुन । साताकाे शेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेप्सेमा हरियाली छाएकाे छ । यसदिन पनि नेप्से परिसूचक बढेकाे छ। सोमबार पनि नेप्सेमा सामान्य अंकले बढेर बजार बन्द भएको थियाे।
नेप्से परिसूचक २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.३१ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.४० अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंकले बढेको छ।

तर मंगलबार कारोबार घटेको छ। अघिल्लाे दिन सोमबार ५ अर्ब १३ करोड रुपैयाँबराबरको शेयर काराेबार भएकाेमा आज ३२८ वटा कम्पनीहरुकाे ४९ हजार ९३ पटकको कारोबार हुँदा ४ अर्ब २३ करोड २४ लाख ७ हजार रुपैयाँबराबरको ९३ लाख ६४ हजार कित्ता शेयर किनबेच भएको छ।
सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ। बैंकको शेयरमूल्य ४३ रुपैयाँ ९० पैसा बढेर ४८३ रुपैयाँ १० पैसामा कारोबार भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । सागर डिष्टिलरीको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ।
कारोबारकाे आधारमा एसवाई प्यानल नेपाल शीर्ष अगाडी रहेकाे छ। कम्पनीको ३७ करोड ७२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। आँखु खोला जलविद्युत कम्पनीको साढे २४ करोड रुपैयाँ बढीको शेयर काराेबार भएकाे छ। राधी विद्युत कम्पनीको कारोबार रकम १६ करोड रुपैयाँ बढी भएकाे छ।
१३ वटै उपसमूहमा हरियाली छाएकाे छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक २.०२ प्रतिशत बढेको छ। विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको नेप्सेले जनाएकाे छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




