फागुन २७ गतेदेखि आईपीओ ल्याउदै टक्सार पिखुला खोला हाइड्रोपावर

-



     सफल आवाज    
     फागुन १३ गते २०८२ मा प्रकाशित



काठमाडौं, १३ माघ । टक्सार पिखुवा खोला हाइड्रोपावरले फागुन २७ गतेदेखि आईपीओ निष्काशन गर्ने जनाएकाे छ। कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाउन लागकाे जनाइएकाे छ ।

कम्पनीले ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि रहेकाे छ । यसमा भोजपुर जिल्लाका स्थानिय बासिन्दाहरुले आवेदन दिन पाउनेछन्।

सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुने ३ करोड ३ लाख ६ हजार ७०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ३ हजार ६७ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि रहेकाे छ । सामूहिक लगानी कोषहरुका लागि १ लाख ५१ हजार ५३३ कित्ता रहेकाे छ भने कर्मचारीहरुका लागि ६० हजार ६१३ कित्ता रहेकाे छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाउनेछन् । बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन पाउने भएका छन्। लगानीकर्ताले चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् । ढिलोमा चैत २६ गतेसम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले चैत १ गतेसम्म आवेदन दिन सकिनेछ । ढिलोमा चैत ११ गतेसम्म आवेदन दिन पाइनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।