प्रिमियममा आईपीओ ल्याउदै हुलास फिनसर्भ हायर पर्चेज

-



     सफल आवाज    
     फागुन १४ गते २०८२ मा प्रकाशित



काठमाडौं, १४ फागुन । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएकाने छ ।

कम्पनीले शेयर खुलाउनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । प्रति कित्ता प्रिमियमसहित ३५८.८५ रुपैयाँमा २० लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्नका लागि आवेदन दिएको हो ।

प्रिमियम दरमा शेयर निष्काशन गरेर ७४ करोड ४६ लाख १३ हजार ७ सय ५० रुपैयाँ पुँजी संकलन गर्ने कम्पनीकाे लक्ष्य रहेकाे छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।