
काठमाडौं, १४ फागुन । साताको शेयर काराेबार हुने अन्तिम दिन बिहिबार नेप्सेमा सामान्य अंककाे बृद्धि भएकाे छ । नेप्से लगातार तीन दिन सकारात्मक भएपनि काराेबारमा भने उल्लेख्य बढाेत्तरी भएकाे छैन। तर नेप्सेकाे उकालाेकाे यात्राले भने लागनीकर्ताका लागि उत्साह बढाउने काम गरेकाे छ।
यसदिन नेप्से परिसूचक ६.०३ अंकले बढेर २६५४.९३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.९३ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.४८ अंकले बढ्दा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंकले बढेको छ।
नेप्सेमा बृद्धि भएपनि कारोबार रकममा बृद्धि हुन सकेकाे छैन। बुधबार ४ अर्ब ४५ करोड रुपैयाँबराबरको शेयर काराेबार भएकाेमा बिहिबार ३३५ कम्पनीकाे ४४ हजार २०४ पटकको शेयर कारोबार हुँदा ४ अर्ब १७ करोड ४६ लाख ३० हजार रुपैयाँबराबरको १ करोड ५३ हजार कित्ता शेयर किनबेच भएको छ।

सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किटलागेर कारोबार भएको छ। बैंकको शेयरमूल्य ५३ रुपैयाँ १० पैसा बढेर ५८४ रुपैयाँ ५० पैसामा कारोबार भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य ६ प्रतिशत बढेको छ।
कारोबारकाे आधारमा अपि पावर कम्पनी अगाडी रहेको छ। कम्पनीको ३२ करोड ६८ लाख ३२ हजार रुपैयाँबराबरको शेयर किनबेच भएकाे छ। आँखु खोला जलविद्युत कम्पनीको २१ करोड रुपैयाँभन्दा बढीको शेयर काराेबार भएकाे छ । एसवाई प्यानल नेपालको साढे १५ करोड रुपैयाँ बराबरकेा शेयर किनबेच भएकाे छ।
१३ उपसमूहमध्ये ९ उपसमूहमा हरियाे लागेकाे छ । ४ उपसमूहमा राताे लागेकाे छ । निर्जीवन बीमा उपसमूहको परिसूचक १.०९ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको नेप्सेले जनाएकाे छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




