मुद्दती निक्षेपमा ६ अर्ब ३४ करोड लगानी गर्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     फागुन १४ गते २०८२ मा प्रकाशित



काठमाडौं १४ माघ। राष्ट्र बैंकले ६ अर्ब ३४ करोड रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ। केन्द्रीय बैंकका अनुसार बैंकका विभिन्न कोषमा रहेको ६ अर्ब ३४ करोड १७ लाख रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरिने भएकाे हाे ।

राष्ट्र बैंकले यसका लागि फागुन १७ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न बैंकहरुलाई आह्वान गरेको छ। कुल रकममध्ये वाणिज्य बैंकका लागि ५ अर्ब ७ करोड ३५ लाख करोड रुपैयाँ रहेकाे छ ।

राष्ट्रियस्तरका विकास बैंकका लागि ९५ करोड १२ लाख रुपैयाँ तथा राष्ट्रियस्तरका वित्त कम्पनीहरुका लागि ३१ करोड ७० लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरिने भएकाे हाे । राष्ट्र बैंकले लगानीकाे अवधि २०२६ मार्च १३ देखि २०२७ फेब्रुअरी १३ सम्म ३६६ दिनका लागि रहने जनाएको छ।