
काठमाडौं, १५ फागुन । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य शुक्रबार नेप्सेमा समायाेजन गरिएकाे छ ।
कम्पनीले हकप्रद शेयर निष्काशनकाे प्रयोजनकाे लागि इन्स्योरेन्सले फागुन १७ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएकाे छ ।बुकक्लोज भएसँगै अन्तिम कारोबार दिन भएपछि शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरिएकाे हो।
शुक्रबार इन्स्योरेन्सको १० प्रतिशत हकप्रद शेयर समायोजन गरिएकाे छ । समायोजनपछि कम्पनीकाे शेयरमूल्य ४३१ रुपैयाँ ६४ पैसा कायम भएको छ। याे मूल्य अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यकाे आधारमा समायोजन गरिएकाे हाे ।
बिहीबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता ४६४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो। अब साेहि समायोजन गरिएकाे मूल्यकाे आधारमा आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।
इन्स्योरेन्सले चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएकाे छ । इन्स्योरेन्सले १०० कित्ता बराबर १० कित्ताको रेसियाेमा १०० रुपैयाँ अंकित दरका कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएकाे छ।
कम्पनीकाे २०८१ असार ३० गते सम्पन्न ३१ औँ वार्षिक साधारण सभाले १० प्रतिशत हकप्रद शेयर निष्काशनकाे प्रस्ताव अनुमाेदन गरेकाे थियो।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




