स्टर बमकाण्ड : पूर्व गुप्तचर प्रमुख ९० दिन हिरासतमा

-



     सफल आवाज    
     फागुन १६ गते २०८२ मा प्रकाशित



कोलम्बो, १६ फागुन । सन् २०१९ को इस्टर बम विस्फोट प्रकरणमा महत्त्वपूर्ण मोड आएको छ । दुई सय ७९ जनाको ज्यान गएको र करिब ५०० जना घाइते भएको उक्त भीषण आक्रमणको अनुसन्धान अन्तर्गत श्रीलङ्काका पूर्व गुप्तचर प्रमुखलाई ९० दिनसम्म हिरासतमा राखेर सोधपुछ गर्न अनुमति दिइएको छ ।

यस कदमले लामो समयदेखि विवाद र प्रश्नले घेरिएको घटनाको अनुसन्धानलाई नयाँ दिशातर्फ मोड्ने सङ्केत गरेको छ । राष्ट्रपति अनुरा कुमार दिसानायकले आतङ्कवाद रोकथाम ऐन (पिटिए) अन्तर्गत सेवानिवृत्त सेनाका मेजर जनरल सुरेश सल्लेलाई प्रारम्भिक तीन दिनपछि थप ९० दिन हिरासतमा राख्न हिरासत आदेशमा हस्ताक्षर गर्नुभएको हो ।

प्रहरी प्रवक्ताका अनुसार उक्त आदेशमा राष्ट्रपतिले हिजो राति हस्ताक्षर गर्नुभएको थियो । पिटिएअनुसार प्रहरीले कुनै आरोप नलगाई तथा न्यायिक समीक्षा बिना नै संदिग्धलाई लामो समयसम्म हिरासतमा राख्न सक्ने प्रावधान छ र यस ऐनअन्तर्गत हिरासतमा राखिएका व्यक्तिलाई अदालतले जमानत दिन सक्दैन । आपराधिक अनुसन्धान विभागका अधिकारीहरूले बुधबार सल्लेलाई पक्राउ गरेका थिए ।

बम विस्फोटसम्बन्धी लामो समयदेखि चलिरहेको अनुसन्धानमा उहाँ हालसम्म पक्राउ परेका सबैभन्दा उच्च पदस्थ अधिकारी मानिनुभएको छ । अनुसन्धान टोलीले घटनापूर्व सुरक्षा संयन्त्रको भूमिका, खुफिया सूचना आदान–प्रदान तथा सम्भावित लापरबाहीबारे विस्तृत रूपमा सोधपुछ गर्ने तयारी गरेको जनाएको छ ।