
सोफिया, बुल्गेरिया, १९ फागुन । बुल्गेरियाका पूर्वराष्ट्रपति रूमेन राडेभले अर्को महिना हुने मध्यावधि निर्वाचनमा भाग लिनका लागि गठबन्धन गरेको मङ्गलबार घोषणा गर्नुभएको छ । उहाँको समूह पाँच वर्ष यता भएकोे आठौँ पटकसम्मको मतदानमा शीर्ष स्थानमा रहेको छ ।
डिसेम्बरको मध्यमा कन्जरभेटिभ नेतृत्वको सरकारलाई भ्रष्टाचार विरोधी प्रदर्शनले सत्ताबाट हटाएपछि नयाँ राजनीतिक अनिश्चितता निम्त्याएपछि अप्रिल १९ का लागि मतदानको मिति तोकिएको थियो । प्रदर्शनलाई समर्थन गर्ने रुमेन राडेभले करिब १० वर्षपछि राष्ट्रपति पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो ।
पूर्व वायु सेना कमान्डर राडेभ आफैँ संसद सदस्यका लागि प्रतिस्पर्धामा उत्रिनुहुनेछ वा सहभागी हुनु्हुने छैन अझै स्पष्ट छैन । “आज हामीले संसदीय चुनावमा भाग लिनको लागि केन्द्रीय निर्वाचन आयोगसँग प्रोग्रेसिभ बुल्गेरिया गठबन्धन दर्ता गरेका छौँ,“ ६२ वर्षीय पूवै राष्ट्रपतिले फेसबुकमार्फत् घोषणा गर्नुभयो । उहाँको समूहले ‘कुलीन र भ्रष्ट मोडेललाई भत्काउनेछ’ र “स्वतन्त्रता, एकता र न्यायको लागि, र बुल्गेरियाको आधुनिक, लोकतान्त्रिक युरोपेली राज्यको रूपमा विकासको लागि आह्वान गर्नेछ ।” उहाँले थप्नुभयो ।
फेब्रुअरीमा प्रकाशित सर्वेक्षणहरूले राडेभको तीन पार्टी गठबन्धन निर्वाचनमा पहिलो हुन सक्ने सङ्केत गरेका छन् । एक सर्वेक्षणका अनुसार उहाँको गठबन्धनले एक तिहाइ मतले जित्न सक्ने प्रक्षेपण गरिएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




