सुनसरी-१ मा हर्क साम्पाङ विजयी

-



     सफल आवाज    
     फागुन २४ गते २०८२ मा प्रकाशित



काठमाडौं, २४ फागुन । सुनसरी क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ भारी मतले विजयी भएका छन् । उनले ३५ हजार ७४१ मत प्राप्त गरेका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले दोस्रो स्थानमा रहँदै २७ हजार २४९ मत प्राप्त गरिन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का उम्मेदवार टीकाराम लिम्बुले ६ हजार ४६३ मत प्राप्त गरे । नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत पाए ।

नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले ३ हजार ९७० मत प्राप्त गरे ।