शिकागो,२५ फागुन । इरानसँगको युद्ध चर्किँदै गएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ११५ डलरभन्दा माथि पुगेको छ, जुन अघिल्लो हप्ताको अन्त्यतिरको मूल्यभन्दा करिब २४ प्रतिशत बढी हो ।
अमेरिकामा उत्पादन हुने वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य पनि प्रति ब्यारेल करिब ११६ डलर पुगेको छ, जुन अघिल्लो मूल्यभन्दा झन्डै २८ प्रतिशतले बढेको हो । मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण तेल उत्पादन र ढुवानीमा ठूलो जोखिम उत्पन्न भएपछि विश्व बजारमा तेलको मूल्य ह्वात्तै बढेको हो ।
विशेषगरी पर्सियन गल्फ क्षेत्रबाट विश्वभर तेल पठाउने प्रमुख समुद्री मार्ग स्ट्रेट अफ होर्मुज अहिले असुरक्षित बनेको छ । यो मार्गबाट दैनिक करिब १५ मिलियन ब्यारेल कच्चा तेल ढुवानी हुने गर्छ, जुन विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हो । युद्धका कारण मिसाइल र ड्रोन आक्रमणको खतरा बढेपछि धेरै तेल ट्याङ्करहरू यो मार्ग प्रयोग गर्न डराउन थालेका छन् ।
युद्धका क्रममा तेल तथा ग्यासका संरचनाहरू पनि निशानामा परेका छन् । इजरायलले तेहरानमा रहेको तेल भण्डारण स्थलमा आक्रमण गर्दा चार जनाको मृत्यु भएको इरानी अधिकारीहरूले बताएका छन् । इजरायलले भने ती भण्डारण स्थलहरू इरानको सैन्य प्रयोजनका लागि प्रयोग भइरहेको दाबी गरेको छ ।
यसबीच इराक, कुवेत र संयुक्त अरब इमिरेट्सले तेल निर्यातमा समस्या देखिएपछि उत्पादन घटाएका छन्, जसले विश्व बजारमा आपूर्ति कम हुने चिन्ता बढाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




