
काठमाडौं, २७ फागुन । टक्सार पिखुवा खोला हाइड्रोपावरले आजदेखि आईपीओ निष्काशन गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेकाे हाे।
कम्पनीले ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा १२ करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेकाे हाे । यसमा भोजपुर जिल्लाका स्थानियले आवेदन दिन पाउनेछन्।
सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको ३ करोड ३ लाख ६ हजार ७०० रुपैयाँबराबरको ३ लाख ३ हजार ६७ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि रहेकाे छ । सामूहिक लगानी कोषहरुका लागि १ लाख ५१ हजार ५३३ कित्ता रहेकाे छ भने कर्मचारीहरुका लागि ६० हजार ६१३ कित्ता रहेकाे छ ।
शेयरमा घटीमा १० कित्ता बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन पनइजेछ। आयोजना प्रभावित क्षेत्रका स्थानियले चैत ११ गतेसम्म र ढिलोमा चैत २६ गतेसम्म आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारीमा रहेकाहरुले छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म आवेदन दिन पाउनेछन्।
आवेदन दिनका लागि बिक्री प्रबन्धक प्रभु क्यापिटल तथा आयोजना कार्यालय, भोजपुर, प्रभु बैंकको भोजपुर, प्याउली, हटुवागढी र सिटिजन्स बैंक इन्टरनेशनलको भोजपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सेबाेनबाट अनुमति लिएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाबाट आवेदन दिन पाउनेछन्।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




