कालिन्चोक हाइड्रोकाे आईपीओमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     चैत्र १ गते २०८२ मा प्रकाशित



काठमाडौं, १ चैत । कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ।

कम्पनीले चैत १२ गतेसम्म आवेदन दिने म्याद थप गरेकाे थियाे । तर शेयरमा मागभन्दा बढी आवेदन परेकाे कारण आजसम्म मात्रै बैंकिङ्ग काराेबार अवधिपछि निष्काशन बन्द गरिने भएकाे छ ।

कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा ५ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेकाे हो। यसमा दोलखाकाे बिगु नगरपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानिय बासिन्दाहरुले आवेदन दिन पाउनेछन्।

सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको ८२ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ८२ लाख ५०० हजार कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि रहेकाे छ । आईपीओमा घटीमा १० कित्ता र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

स्थानियले बिक्री प्रबन्धक तथा कालिन्चोक हाइड्रोपावर, बिगु गाउँपालिका ८, नेपाल बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सिङगटी शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सेबाेनबाट अनुमति लिएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन पाउनेछन्। साथै मेरो शेयर अनलाइनबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।